Uncategorized

प्रहरी इन्काउन्टर बढ्नु कानुनी राज्यको उपहास : मानव अधिकार आयोगका अध्यक्ष शर्मा

Banner

काठमाडौं, असार ८

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा पछिल्लो समयमा प्रहरी इन्काउन्टरमा मृत्यु हुनेको सङ्ख्या बढ्नुले कानूनी राज्यको उपहास भएको बताएका छन् । उनले यसप्रति सचेत हुन सरकारलाई आग्रह समेत गरेका छन् ।

आयोगले गरेको कार्यक्रममा उनले कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृत्ति बढेप्रति चिन्ता व्यक्त गरेका हुन् । चरी, घैटे र भक्तपुरका बालक अपहरणपछि हत्यामा संलग्न दुईजनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उनले बताए । पछिल्लो समय नेत्र विक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>