राजनीति

संसद्‌को गतिरोध अन्त्य, बजेटमाथि छलफल सुरु

Banner

काठमाडौं, जेठ २७-

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको सामान्य छलफल सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनदेखि अवरुद्ध सदनमा बुधबार परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिएसँगै बजेटमाथि सैद्धान्तिक छलफलको बाटो खुलेको हो।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गत जेठ १५ गते संसद्‌मा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि बुधबारदेखि सामान्य छलफल सुरु भएको छ।

पूर्व निर्धारित कार्यतालिका अनुसार जेठ १८, १९ र २० गते छलफल हुनुपर्ने भए पनि जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले सदन अवरोध गर्दै आएका थिए।

बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको उक्त टिप्पणी प्राविधिक सन्दर्भमा आएको भन्दै स्पष्टीकरण दिएपछि सदनको अवरोध हटेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>