चितवन विशेष

चितवनमै पहिलो पटक रत्ननगरमा भोलि रोजगार मेला हुँदै

Banner

चितवन, जेठ ३०–

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा भोली (शुक्रबार) वृत्ति परामर्श तथा रोजगार मेला हुँदैछ । मेलाको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्ने छन् ।

आयोजक रत्ननगर नगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मेला होटल स्टार ब्यन्क्युटमा विहान ९ बजे सुरु हुनेछ । वेरोजगार युवा र रोजगार दाता बीच प्रत्यक्ष भेट गराई रोजगार सृजना गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेयर नारायण वनले बताए ।

नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पुर्‍याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग/व्यवसाय, बैंकिङ, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यका साथ रत्ननगरमा पहिलो पटक मेलाको आयोजना गरिएको उनले बताए ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीप मूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने,रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने उपमेयर विमला दुवाडीले जानकारी दिए ।

मेलामा १ हजार पाँच सय युवाहरुले वृत्ति परामर्श सेवाप्राप्त गर्ने छन् । साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा रोजगार प्रदान गरिने मेयर नारायण वनले बताए । रत्ननगरमा एक हजार ५७५ जना युवायुवती बेरोजगार रहेको तथ्याङक हामी संग छ उनले भने हामी मेला मार्फत रोगजारीको अबसरको खोजीसंगै सृजना समेत गर्ने छौं ।

रत्ननगर नगरपालिकाको आयोजना तथा रत्ननगर उद्योग बाणिज्य सघं, चितवनउद्योग संघ, क्षेत्रीय होटल संघ, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा,निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन,भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महा संघसंगको सहकार्य र नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग एसडिसीको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले रोजगार मेलाको आयोजना गरिएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले कार्यान्वयन गरेको यस परियोजनामा स्वीस सरकारको प्राविधिक सहयोग रहेको छ । रोजगार मेलामा २५०० देखि ३००० जना सम्मको सहभागिता रहने अनुमान गरिएको कार्यक्रम संयोजक विश्वास श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>