खैरहनी

जेष्ठ नागरिक सम्मानित

Banner

बैशाख २२, २०७६

पूर्वउपप्रधान एवम् अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा जेष्ठ नागरीकलाई सम्मानसहित निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

मनमोहन स्मृती प्रतिष्ठानको आयोजना र बरीष्ठ नागरीक सेवा समाज सानेपा, ईश्वरलाल फाउन्डेशन काठमाडौं एवम स्टार हस्पिटल लिमिटेड सानेपा ललितपूरको प्रायोजनमा सञ्चालित उक्त सिविरमा जेष्ठ नागरीकको सुगर, प्रेशर र हाड जोर्नीको जाँच गरी निःशुल्क रुपमा औषधी वितरण गरीएको थियो ।

कार्यक्रममा दुई सय जना नागरिकलाई खादा ओढाएर सम्मान गरिनुका साथै प्रंशसापत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रम उद्घाटन गर्ने क्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले स्वर्गीय नेता अधिकारी अनुकरणीय नेता रहेकाले उहाँको कार्यशैलीलाई सिको गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा पूर्वमन्त्री युवराज ज्ञवाली, सांसद सोमप्रसाद पाण्डे, सांसद कोमल वली लगायतले स्वर्गीय अधिकारीले पु¥यानुभएको योगदानको कदर गर्नुभयो । कार्यक्रमका सभापती पूर्व सांसद लक्ष्मीदास मानन्धरले त्यागी नेता अधिकारीले वृद्धभत्ताको सुरुवात गरेर निकै सुन्दर कार्य गरेको चर्चा गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>