खैरहनी
खैरहनीमा दुर्घटनामा मृत्यु भएका दुवै जना `दिदीभाइ´

चितवन, भदौ ७-
चितवनको खैरहनीमा शनिबार भएको दुर्घटनामा मृत्यु भएका दुई जना दिदी भाइ रहेको खुलेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत खैरहनी–१ तरकारी चोकमा शनिबार दिउँसो १२ः३० बजेको समयमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमति प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
दुर्घटना मृत्यु हुने मोटरसाइकल चालक सर्लाही ब्रमपुरी गाउँपालिका-४ वस्ने वर्ष २३ को महेबुब रजा र पछाडी सवार मोहोत्तरी गौशला नगरपालिका-५ वस्ने वर्ष ३३ की अजिमा प्रबिन रहेका छन् । दुवै जनाको शव मृतकका बुवाले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भूषण यादवले जानकारी दिए । प्रहरीका अनुसार मृतक दुवैजना दिदीभाइ हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडी सवार दुवै जना गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका मोटरसाइकल चालक महबेबु रजाको दिउँसो १ः५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको थियो भने र पछाडी सवारी दिदी अजिमा प्रबिनको दिउँसो २ बजेको समयमा मृत्यु भएको थियो । उनीहरुको साझ मात्रै सनाखत भएको हो ।
प्रहरीले बस चालक सर्लाही हरीवन नगरपालिका–८ बस्ने वर्ष ५१ का अजय कुमार मास्केलाई नियन्त्रणमा लिएको छ । ती दुवै सवारी इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।






















