खेलकुद

कठारमा ब्याडमिन्टनः काशी र दिनेशको जोडी प्रथम

०
Banner

चितवन, कार्तिक ३–

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १० कठारमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ।

हिमालयन एकेडेमी मलेसियाको आयोजनामा ‘प्रथम हिमालयन ब्याडमिन्टन प्रतियोगिता’ गरिएको हो। १० टिमको सहभागिता रहेको प्रतियोगितामा काशी तामाङ र दिनेश दराईको जोडी प्रथम भएको छ। तामाङ र दराईको जोडीले सन्तोष भट्ट र कृष्ण बर्देवाको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगिताको पुरस्कार वितरण एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक, अन्तर्राष्ट्रिय खेलाडी तथा स्वर्ण पदक विजेता सीताराम चौधरीले गर्नुभएको थियो।

हिमालयन एकेडेमीका अध्यक्ष सन्तोष भट्टको अध्यक्षतामा पुरस्कार वितरण भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>