खैरहनी

शिक्षक सरुवाको बाटो खुल्यो

Banner

बैशाख २२, २०७६

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले चैत ११ गतेदेखि रोकिएको शिक्षक सरुवाको बाटो खोलिदिएको छ । केन्द्रले रोकिएको शिक्षकको सरुवा तीन अवस्थामा गर्न सक्ने गरी केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

आन्तरिकतर्फको पदस्थापनाको कार्य सम्पन्न भएपछि पनि दरबन्दी रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान तथा खुलातर्फको पदस्थापनमा असर नपर्ने गरी र दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कटौती नहुने अवस्थामा मात्र जिल्ला र जिल्ला अन्तर सरुवा गर्न सकिने उक्त परिपत्रमा उल्लेख छ ।

यसरी सरुवा गर्दा समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई पालिकाहरुको समन्वयमा सरुवा गर्न केन्द्रले इकाइहरुलाई आइतबार परिपत्र गरेको हो ।

आन्तरिक पदस्थापना र शिक्षकको अवकासको कारण शिक्षक व्यवस्थापनमा कठिनाई भएको भन्दै केन्द्रले शिक्षक सरुवाको बाटो खुला गरिदिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>