देश/प्रदेश

शपथ लिएसँगै सुहाङ नेम्वाङको दौडधुप सुरु, इलामको विकासको लागि अर्थमन्त्रीसँग भेट

Banner

काठमाडौं, वैशाख २६-

सांसदको शपथ लिएसँगै इलामबाट निर्वाचित सुहाङ नेम्वाङको दौडधुप सुरु भएको छ ।

सुहाङ नेम्वाङ आज अर्थमन्त्रालय पुगेर अर्थमन्त्री वर्षमान पुनलाई भेटी विकासको खाका अनुसार बजेटको माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी अर्थमन्त्रालय पुगेका हुन् । इलाममा चुनाव जितेर काठमाडौं फर्किएलगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा बजेटको ताकेतासहित सिंहदरबार दौडधुपमा छन् ।

गएको २ दिन विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर उनले आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनको माग गरेका थिए । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकता राख्दै अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेस गरेको उनले बताए ।
अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन् । निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने सुहाङको योजना छ ।

‘नयाँ बजेट लेखनमा अन्तिम चरणमा सबैतिरका समस्या एकैपटक सम्बोधन गर्न गा¥है हुन्छ । अधिकतम आयोजना पार्ने, क्रमागतमा राख्नेबारे अर्थमन्त्रीसँग कुरा गरेको छु’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>