राजनीति

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रम देउवा

०
Banner

पोखरा, मंसिर ५ –

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने बताउनुभएको छ ।

पोखरामा आज आयोजित नेपाली कांग्रेस देउवा समूह गण्डकी प्रदेशको दोस्रो नियमित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सिङ्गापुर र हङकङमा उपचार गराएर पूर्ण रूपमा स्वस्थ भई फर्किएको बताउनुभयो ।

आफूलाई साथीभाइ तथा नेपाली दाजुभाइ दिदीबहिनीको सद्भाव र मायाले नयाँ जीवन दिएको उल्लेख गर्दै उहाँले अब जनताको हित र लोकतन्त्रको रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै नेता देउवाले आफूलाई अब कुनै पद वा व्यक्तिगत लाभको अपेक्षा नरहेको बताउनुभयो । देश र जनताका लागि योगदान गर्ने तथा लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउने आफ्नो चाहना रहेको उहाँको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>