फोटो फिचर
हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी, लाग्यो पर्यटकको घुइँचो (तस्बिरहरू)

सिन्धुपाल्चोक, मंसिर ५ –
जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गर्न थालेको छ।
हिमपातसँगै पाँचपोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य थप खुलेको छ। सेताम्मे हिमाली दृश्य, चिसो मौसम र मनोरम प्राकृतिक वातावरणमा रमाउन आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो। पर्यटकहरू हिउँ खेल्न, तस्बिर तथा भिडियो खिच्न र हिमाली सौन्दर्यको अवलोकन गर्न पाँचपोखरी पुगिरहेका छन्।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा परिचित पाँचपोखरी पछिल्लो समय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ। हिमपातपछि पर्यटकको चहलपहल बढेसँगै स्थानीय पर्यटन व्यवसायी तथा बासिन्दामा समेत उत्साह थपिएको छ।
तस्बिर: सुजन श्रेष्ठ/नेपाल फोटो सर्भिस (NPS)

























