खेलकुद

संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

०
Banner

निरोज कोइराला, 

भोजपुर ,कात्तिक १८-

कार्तिक १६ गतेबाट सुरु भएको संखुवासभा गोल्डकप अन्तर्गत बुधबार भएको पहिलो सेसिफाइनलमा सुनसरीको न्यू स्टार क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोलले पराजित गर्दै न्यू स्टार उपाधिको दावेदार बनेको हो ।

महेन्द्र माविको खेलमैदानमा जारी खेलमा निर्धारित समयमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएसँगै खेल ट्राइबेकरमा धकेलिएको थियो । प्रतिस्पर्धात्मक खेलमा न्यू स्टारका सञ्जय श्रेष्ठले खेलको २६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ६४औँ मिनेटमा प्लानिङ ब्वाइजका लागि अनिष परियारले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याउन सफल बने ।

दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरेपनि थप गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेर टुंगिएको हो । पटक पटक अवसर पाएपनि त्यसलाई प्लानिङ ब्वाइजले सदुपयोग गर्न सकेन । अन्ततः ट्राइबेकरमा ६–५ को रोमाञ्चक जित निकाल्दै न्यू स्टारले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो जितसँगै फाइनलमा न्यू स्टारले बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा घरेलु जिल्लाको लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लवबीचमा हुने आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब ९एड्भान्स० का अध्यक्ष प्रकाश घिमिरेले बताए ।

प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा ९११० फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबले सहभागिता जनाएका छन ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>