Breaking News

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज केही स्थानमा हल्का वर्षाको सम्भावना

०
Banner

काठमाडौं,कात्तिक ७-

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्नेछ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

भोलि देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>