देश/प्रदेश

मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

०
Banner

काठमाडौं, असोज २५ –

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०का महासचिव रामहरी सिलवालले मुलुकको समग्र शिक्षा क्षेत्रमा निजी क्षेत्रले करिव ४१ प्रतिशत भार वहन गरिरहेको भन्दै सरकारले निजी क्षेत्रको लगानी सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्नुभएको छ ।

आइतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक वृहत शैक्षिक बहस कार्यक्रममा बोल्दै महासचिव सिलवालले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले शिक्षा क्षेत्रमा विदेशी लगानीकर्ता र स्वदेशी लगानीकर्ताबीच विभेद गर्ने गरेको आरोप पनि लगाउनु भयो । विदेशी लगानीको क्षतिपूर्ति सुनिश्चित गर्ने तर स्वदेशी लगानीको सुरक्षामा पर्याप्त ध्यान नदिने प्रवृत्तिप्रति उहाँको असन्तुष्टि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>