राजनीति
नेपालको व्यवहार र परराष्ट्र नीतिले छिमेकी राष्ट्रहरू झस्किने अवस्था आउन दिनु हुँदैनः प्रदीप ज्ञवाली
०

काठमाडौं,कात्तिक १७ –
नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंमा काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल(चाइना फ्राइन्डसीप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आवद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार नै परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
उहाँले गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिमा प्रभाव पारेको उल्लेख गर्दै कुनै पनि अतिवादी धारमा नलागी सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























