चितवन विशेष
कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
०

चितवन, असोज २२–
नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा चलिरहँदा चितवनमा भने संस्थापन इतर पक्ष अर्थात् शेरबहादुर देउवा पक्षले आज भरतपुर महानगर अधिवेशन गर्दैछ ।
भरतपुर महानगर समितिको संयोजनमा हुने अधिवेशन होटल सेरेन, केन्द्रीय बस टर्मिनल, भरतपुरमा बिहान ११ बजेदेखि सुरु हुने महानगर संयोजक प्रमिश राइले जानकारी दिए । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको तयारीसँगै आयोजना हुन लागेको महानगर अधिवेशनमा भरतपुर महानगर क्षेत्रका पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहने संयोजक राइले बताए।
अधिवेशनले महानगरस्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक गतिविधि र संगठनात्मक रणनीतिका विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ।
महानगर अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























