राजनीति
नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह
०

काठमाडौं, मंसिर ४ –
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्र सम्भव हुने बताउनुभएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनीलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको बताउनु भयो । उहाँले उक्त आयातमा खाद्य वस्तुका अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने भएकाले यसलाई खाद्यान्नको आयात मात्रै भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























