देश/प्रदेश

बाढीपहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

०
Banner

काठमाडौं,असोज २०-

बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

रसुवास् बाढीका कारण भदौ १० गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहेको छ ।

रघुगंगा गाउँपालिका वडा नं. २, बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका वडा नं. ३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>