देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

०
Banner

जुम्ला,असोज १९-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ७८, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १४, लेन क्रसमा ६, अवस्था ठिक नभएको २४, एकतर्फीमा ११ र अन्यमा ३९० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>