देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

०
Banner

काठमाडौं ,असोज १८-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ४६, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ७, लेन क्रसमा ५, अवस्था ठिक नभएको २५, एकतर्फीमा ८ र अन्यमा ३२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>