खेलकुद
मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
०

काठमाडौँ,असोज ७ –
जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् ।
जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लागाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन् । उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लागाएका हुन् ।
यस एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालको लागि यो पहिलो जित हो । हिजो भएको पुरुष बक्सिङको पुरुष ५५ केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमै आउट भएका थिए । उनी भारतीय खेलाडी जादुमानी सिंहसँग पराजित भएका थिए ।
त्यसै महिला बक्सिङमा रमिशा श्रेष्ठ महिला ५१ केजी तौल समूहमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























