देश/प्रदेश

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

Banner

मुस्ताङ, असोज ६ –

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ ।

मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो । मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताउनुभयो ।

उक्त उत्सवमा सहभागी हुन पुगेका पर्यटक मार्फा क्षेत्रका स्याउ बगानमा लर्को लागेको देखिन्छ । स्याउ टिप्ने र बजारमा पठाउने मुख्ययाम सुरु भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई स्याउ बारी रम्ने महत्त्वपूर्ण अवसरको प्रदान गरेको छ ।

स्याउ बारीमै पुगेर उत्सव मनाउन चाहने पर्यटक तथा स्थानीयलाई केन्द्रले रु २०० को प्रवेश शुल्क कायम गरेको केन्द्र प्रमुख पन्थले जानकारी दिनुभयो । स्याउ टिप्ने क्रममा हाँगा भाचिएर बोटमा क्षति पुगेमा एक हजार जरिवाना बुझाउनुपर्ने प्रावधान राखिएको छ । विसं २०२३ मा स्थापना भएको केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित अन्य बालीका बिरुवाको बिक्री र उत्पादन गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>