चितवन विशेष

नेपाल राष्ट्रिय माडवारी युवा संगठनको ५ औँ राष्ट्रिय महाधिवेशन सौराहामा जारी

Banner

चितवन, असोज ४-

नेपाल राष्ट्रिय माडवारी युवा संगठनको ५ औँ राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी रहेको छ । आइतबारबाट सुरु भएको महाधिवशनको उद्घाटन प्रतिनिधि सभा सदस्य पुनम अग्रवालले गरिन् ।

कार्यक्रमको उद्घाटन गर्दै अग्रवालले माडवारी समुदाय आर्थिक रुपमा अगाडी रहेको बताउँदै अब राजनीतिक रुपमा पनि हस्तक्षेप गर्नुपर्ने बताएकी छिन् । ‘माडवारी समुदाय जुन ठाउँमा व्यापार गर्न गएको छ । त्यो ठाउँको सामाजिक आर्थि विकास पनि गरेको छ,’ उनले भनिन् ‘माडवारी समुदाय आर्थिक रुपमा अगाडि छन् अव राजनीतिक हस्तक्षेप गर्ने समय आएको छ।’ उनले माडवारी समुदाय थोरै भएपनि सामाजिक कार्यमा योगदान महत्वपूर्ण रहेको बताइन् । उनले युवालाई राजनीतिमा आउने समेत आग्रह गरेकी छिन् ।

नेपाल राष्ट्रिय माडवारी युवा संगठनका अध्यक्ष मनोज अग्रवालले युवाको सहभागिता विना समाजमा दिगो विकास हुन नसक्ने बताए । ‘अवको विकास प्रविधिको मार्फत गर्नुपर्छ,’ उनले भने ‘युवाको सहभागिता विना दिगो विकास हुन सक्दैन ।’ उनले युवाहरुलाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने समेत बताए । नेपाल राष्ट्रिय माडवारी युवा संगठनले सामाजिक काम समेत गर्दै आएको छ । यस दुई वर्षमा तीन सय बढी व्यक्तिलाई कृतिम हातखुट्टा समेत प्रदान गरेको उनले बताए । धार्मिक सांस्कृतिसँग राष्ट्रनिर्माणमा महत्वपूर्ण काम गरेको समेत उनले बताए ।

नेपाल राष्ट्रिय माडवारी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छाले समाज सेवा माडवारी समाजको जिनमा रहेको बताए । ‘हामीले व्यापारलाई पनि अगाडि बढाएका छौँ । सामाजिक काम पनि गर्दै आएका छौँ’–उनले भने । उनले नयाँ प्रविधिसँग जोडिएर व्यापार गर्न समेत युवालाई सुझाव दिएका छन् । ‘अहिलेको युवा प्रविधिको युग हो,’ उनले भने ‘राष्ट्रिय अन्तराष्ट्रिय विज्ञबाट एआइसम्वन्धी तालिम लिन आवश्यक छ।’

पर्यटकीय नगरी सौराहामा आइतबार सुरु भएको महाधिवेशनमा २६ जिल्लाबाट १५० युवाहरुको सहभागिता रहेको छ । महाधिवेशन ३१ सदस्य नयाँ कमिटि चयन गर्नेछ । महाधिवेशनमा कोषाध्यक्ष यज्ञराज अग्रवालले आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन सचिव मोहित लालवलीले पेस गरेका छन् । महाधिवेशन आज राति नै सकिने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>