देश/प्रदेश

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ निर्वाचित

Banner

कास्की ,असोज ४-

विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन् ।

कास्किको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो । अधिवेशनले संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दान बहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा बिबर गुरुङ, किरण गुरुङ, राम बहादुर गुरुङ र बेद बहादुर गुरुङ (विवेक) लाई निर्वाचित गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>