समाचार
अडिट–३ को टनेलबाट ११ शव निकालियो
०

काठमाडौं, असोज ३-
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ । थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























