अन्तर्राष्ट्रिय
पाकिस्तानको उत्तरपश्चिममा मस्जिदमा आत्मघाती विस्फोट, ७ जनाको मृत्यु
०

काठमाडौं, असोज ३ –
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक मस्जिदमा शुक्रवार आत्मघाती विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
प्रहरी र उद्धारकर्मीका अनुसार कोहाट जिल्लास्थित प्रहरी आवासीय परिसरमा रहेको मस्जिदलाई लक्षित गरी आक्रमण भएको हो । खैबर पख्तुनख्वा प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन मस्जिदमा ठोक्काएर विस्फोट गराइएको जनाएको छ । विस्फोटपछि सशस्त्र आतंककारी र सुरक्षा निकायबीच गोली हानाहान जारी रहेको प्रहरीले जनाएको छ ।
उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार मृतक तथा घाइतेलाई नजिकैको अस्पताल पु¥याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























