समाचार
रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन

काठमाडौँ, असोज २-
नेपाल वातावरण पत्रकार समूह (नेफेज) को ४१औँ साधारणसभाले निमेश रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेफेजको आज सम्पन्न ४१औँ साधारणसभाबाट अध्यक्षमा रेग्मीका साथै उपाध्यक्षमा सुवोध गौतम, महासचिवमा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि मात्र भएको निर्वाचनमा रेग्मीले निकटतम प्रतिस्पर्धी सविन शर्मालाई पराजित गर्नुभएको हो । यसैगरी सदस्यमा प्रकाश रिमाल र टीका बन्धन तथा विज्ञ सदस्यमा विजयराज पौडेल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक राजेश घिमिरेले जानकारी दिनुभयो । अन्य पदमा सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो ।
समूहको ११ सदस्यीय कार्यसमितिका क्रमशः सचिव (महिला) एक र दुई महिला सदस्य तथा एक विज्ञ महिला सदस्यतर्फ भने पदपूर्ति हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
























