देश/प्रदेश

जुफालबाट देखिने मुकुटेश्वरी हिमाल

Banner

डोल्पा ,असोज २-

डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ । सेताम्मे हिमाल, वरिपरिका डाँडाकाँडा र नीलो आकाशको संयोजनले यात्राको थकान मेटाउनुका साथै प्रकृतिको सौन्दर्यमा हराउन बाध्य बनाउँछ । मुकुटेश्वरी हिउँको दृश्यसँगै धार्मिक आस्था र स्थानीय संस्कृतिसँग समेत जोडिएको क्षेत्र हो ।

डोल्पाको अर्को प्रमुख आकर्षण भेरी करिडोर छेउमा रहेको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर हो, जहाँ दर्शनका लागि टाढा–टाढाबाट श्रद्धालु पुग्ने गर्छन् । करिडोर हुँदै डोल्पा प्रवेश गर्दा हिमाली भूगोल, नदी, स्थानीय बस्ती तथा बोटमै झुलेका राताम्य स्याउका बगैँचाले यात्रुको मन लोभ्याउँछ ।

जुफालबाट देखिने मुकुटेश्वरी हिमाल, बाला त्रिपुरासुन्दरीको दर्शन र स्थानीय स्याउ उत्पादनलाई एकसाथ जोडेर प्रवद्र्धन गर्न सके डोल्पामा आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>