समाचार
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
०

काठमाडौं,भदौं २८-
सुनजस्तो देखिने पहेँलो धातु देखाएर एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालित टोलीले शनिबार टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापा करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका बेला गत वर्ष भदौ २४ गते कारागारबाट भागेका कैदी हुन् । यसैबीच, स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् ।
स्कुटरमा केशरमहलतर्फ गइरहेका घतानीमाथि शंका लागेपछि प्रहरीले खानतलासी गर्दा उक्त रकम फेला परेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























