देश/प्रदेश

महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यकः राठौर

Banner

काठमाडौं, भदौ २८-

प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताएका छन् ।

महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा बोल्दै महानिरीक्षक राठौरले सर्वसाधारण र सुरक्षाकर्मी सबैको एउटै उद्देश्य काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउनु रहेको बताए ।

उनले भने,‘सर्वसाधारण र सबै सुरक्षाकर्मीहरू काठमाडौँलाई कसरी सुरक्षित र भयरहित बनाउन सकिन्छ, कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने एउटै उद्देश्यका साथ परिचालित भएका छौँ ।’

महानगरपालिकालाई सुरक्षित र व्यवस्थित बनाउन महानगर प्रहरी बलले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले बलको कार्यसम्पादनप्रति आफू उच्च मूल्यांकन गर्ने बताए ।

राठौरले सुरक्षाकर्मीले आफ्नो कर्तव्य, राज्यले प्रदान गरेको कानुनी अधिकार तथा जिम्मेवारीबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिए । उनले कानुनले दिएको अधिकारको प्रयोग गर्दा कर्तव्य र जिम्मेवारीलाई समेत महत्व दिनुपर्ने बताए ।

उनले सुरक्षाकर्मीहरू आफ्नो पेसाप्रति अनुशासित, निष्ठावान् र नैतिक भएर अघि बढ्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>