देश/प्रदेश

स्वदेशी स्याउ प्रवद्र्धन कार्यक्रमको मन्त्री चौधरीद्वारा निरीक्षण

Banner

काठमाडौं, भदौ २२-

नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा स्वदेशी स्याउको प्रवद्र्धन, बजारीकरण तथा अनुसन्धानसम्बन्धी ‘स्याउ प्रवद्र्धन कार्यक्रम’ सञ्चालन भइरहेको छ ।

कार्यक्रमअन्तर्गत नार्क परिसर, सिंहदरबार प्लाजामा सञ्चालन भइरहेको गतिविधिको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले स्वदेशी स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणका लागि भइरहेका प्रयासबारे जानकारी लिएकी थिइन् ।

उनले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै कृषकलाई प्रोत्साहन हुने गरी अनुसन्धान र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रममा स्वदेशी स्याउको उत्पादन, अनुसन्धान, प्रविधि तथा बजार प्रवद्र्धनसम्बन्धी विभिन्न गतिविधि प्रस्तुत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>