Breaking News

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैनः अर्थमन्त्री वाग्ले

०
Banner

काठमाडौं,कात्तिक १९ –

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहेको भन्दै उहाँले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>