अर्थ
नेपाल बैंकको सञ्चालक समिति फेरबदल
०

काठमाडौं, भदौ १६-
नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल तथा सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल समितिबाट बिदा भएका छन् ।
बैंकले नेप्सेमार्फत दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालकमा नियुक्त भएका छन् । त्यसैगरी कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालकमा नियुक्त भएका छन् ।नवनियुक्त सञ्चालकहरूले सम्बन्धित निकायको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समितिमा जिम्मेवारी सम्हाल्नेछन् । न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























