चितवन विशेष
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, गाईलाई पनि आक्रमण, बाघ नियन्त्रणमा लिने प्रयास
०

भरतपुर, साउन ३१-
चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा आइतबार बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् भने एक गाई घाइते भएको छ।
बिहान अन्दाजी ६:४० बजे गाउँमा छिरेको बाघले स्थानीय ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
सोही क्रममा बाघले स्थानीय दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रभुसन यादवले जानकारी दिए।
गाउँमा बाघ छिरेपछि नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती र प्राविधिक टोली खटाइएको थियो। टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेकाे छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























