खेलकुद
चितवन जिल्ला खेलकुदका कार्यालय प्रमुख ढकाललाई सम्मान
०

चितवन, असार ११-
चितवन जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सम्मानित भएका छन् । ढकाललाई नेपाल तेक्वान्दो संघ चितवन शाखाले आज (बिहीबार) नगदसहित सम्मान गरेको हो ।
संघले चितवनको खेलकुद पुर्याएको योगदानको कदरको गर्दै सौराहामा आयोजित रेफ्री सेमिनारको अवसरमा ढकाललाई सम्मान गरेको हो । ढकाललाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, तेक्वान्दो संघ चितवनका अध्यक्ष शैलेश श्रेष्ठलगायतले नगदसहित सम्मान गरे ।
सो अवसरमा प्रमुख अतिथि कार्कीले चितवनको खेलकुद क्षेत्रमा ढकालले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । ढकाल बिगत ३० वर्षदेखि खेल क्षेत्रमा छन् । चितवन जिल्ला खेलकुद समितिमा मात्रै उनी २३ वर्षदेखि कार्यरत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























