देश/प्रदेश

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

Banner

म्याग्दी, १० असारः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ ।

बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८ बजेको समयमा गुडिरहेको गाडी भिरबाट खसेको पहिरोले पुरिएका चालकको सुरक्षाकर्मीहरूको टोलीले उद्धार गरेर बेनी अस्पतालमा पठाएको हो ।

घटनास्थलमा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकाले गाडीको नम्बर पहिचान भएको छैन । गाडीको चालक सिटमा रहेका ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरिएको हो । उद्दार गरिएका व्यक्तिको पनि पहिचान नखुलेको प्रनाउ कार्कीले बताउनुभयो ।

पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, प्रनाउ कार्की, सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक विमल सिलवालसहित ४० जनाको टोली बेनीदेखि १८ किलोमिटर उत्तरमा पर्ने महभिर पुगेर उद्धार गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>