देश/प्रदेश
झापाको गौरीगञ्जमा चट्याङ लागेर मृत्यु
०

सुरुङ्गा (झापा), असार ९ –
झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























