देश/प्रदेश
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
०

काभ्रेपलाञ्चोक, असार ८-
मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ ।
पाँचखाल नपा–८ होक्से घर भएका सहचालक १९ वर्षीय देवेन्द्र तामाङको बा४ख ९८२५ नम्बरको टिपरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा४ख ९९०९ नंको टिपरको बीचमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनापछि एक जना टिपरका चालक फरार छन् भने अर्का चालक प्रहरी नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको विष्टले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























