देश/प्रदेश

धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

Banner

दान बहादुर बुढा,

मुगु, असार ८

देशमा संघीयता आएपछि ‘सिंहदरवारको आधिकार गाँउ गाँउमा’ भन्ने चर्चामा छ । सोही अनुसार मुगुको सोरुगाँउपालिकामा पछिल्लो समयमा सडक यातायातसँगै विकास निर्माणको गति बढ्न थालेपछि सडकहरुपनि हिलो र धुलोमुक्त हुन थालेका छन् ।

कुनैबेला गाँउ घर पुग्नसाथ हिलो र धुलो मात्र हुने मान्छेको दैनिकमा समेत असहज हुने भएपछि सोरु गाउँपालिकाले पैदल हिंड्ने नागरिकहरुलाई सहज बनाउन धुलो र हिलोमुक्त गाउँपालिका बनाउने अभियान नै थालेको हो ।

विगतका आर्थिक वर्षदेखि नै बाटाहरु निर्माण गर्नको लागि प्राथमिकतामा राखेर पालिकालाई धुलो र हिलोमुक्त बनाउँदै गएको छ ।

गाउँपालिकाले पूर्वाधार विकाससंगै सबै बस्तीमा पुग्न सजिलाका लागि गोरेटो वा आरसीसीमार्फत धुलो र हिलोमुक्त बनाइरहेको छ ।

गाउँपालिका भरिका सबै वडाहरूमा धँुवा र हिलोमुक्त अभियानका लागि पिसीसी गरि बाटो निर्माण भइरहेको सोरु सोरु गाँउपालिकाका उपाध्य केशरजंग शाहीले बताए ।

उपाध्क्षय शाहीका अनुसार बिगतका आर्थिक वर्ष देखि नै सोरु गाउँपालिकाका वस्तीहरुमा धुँवा र हिलोमुक्त गर्ने जुन ऐजेण्डा थियो । सोही अनुसार पीसीसी बाटो निर्माण भएको छ । भौगोलिक विकटता, असजिलो भुगोलको कारण सोचे अनुसारको धुँवा र हिलोमुक्त बाटा बनाउन थप प्रयास भइरहेको पनि उनले बताए ।

सोरु गाउँपालिकाका जम्मा ७३ वटा वस्तीमध्ये केही गाँउ बस्तीमा ९ हजार ३५० मिटरसम्म बाटो हिलोमुक्त गाउँ बनाई पीसीसी गरेर निर्माण गरिएको छ र अन्य

गाउँपालिका भित्र हरेक बस्तीका बाटोहरू पीसीसी गरी बनाइने अवधारणा अन्तर्गत हिलोमुक्त गाउँपालिका अभियान थालिएको उनले बताए । सबैभन्दा बढी ‘अबको पाँच वर्षभित्र बाहिरबाट आउने मानिसहरुले सोरु गाउँपालिकाका सबै बस्तीहरुमा धुलो र हिलो देख्न पाउने छैनन्,’ शाहीले भने ।

हरेक वडा र गाउँपालिकाबाट विनियोजन भएको बजेटले सबै क्षेत्रमा बाटो निर्माण गरेर सम्पन्न भएका छन् भने केही ठाउँमा चालु आवमा निर्माण गर्नुपर्ने बाटो निर्माणकार्य भइरहेको छ ।

गाउँपालिकाले सञ्चालन गर्ने गरी हिलोमुक्त बनाउन बजेट विनियोजन गरिएको अध्यक्ष शाहीको भनाइ छ । यसै अभियानमा प्रत्येक वडाहरूले चालु आवको बजेटमा प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

बिगतका वर्षहरुमा गाउँको बाटो हिलो हुँदा मानिस तथा पशु चौपायालाई आवतजावतमा समस्या हुने गरेको थियो ।

गाउँमा जथाभावि रुपमा फोहोरमैला हुने गरेको, स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने हुनाले यस्तो समस्यालाई मध्यनजर गर्दै पालिकाले हिलोमुक्त बस्ती बनाउने कार्य तिव्र बनाइएको सोरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र शाहीले बताए । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>