देश/प्रदेश
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
०

बनियानी, असार ८ –
झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।
उपचारका क्रममा गएराती उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























