देश/प्रदेश

अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउन आज ‘हिट एक्शन डे’ मनाइँदै

Banner

काठमाडौँ, जेठ १९-

आज विश्वभर पाँचौँ संस्करणको ‘हिट एक्शन डे-२०२६’ मनाइँदै छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी)को आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु ‘इनडोर हिट’ रहेको छ । दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ ।

‘हिट एक्शन डे’ पहिलो पटक सन् २०२२ मा सुरु गरिएको थियो । त्यसयता रेडक्रस तथा रेडक्रिसेन्टका राष्ट्रिय संस्थाहरू, स्थानीय सरकार, समुदाय र साझेदार संस्थाहरूको सहभागितामा विश्वव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

जलवायु व्यवस्थापन विद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीबारे सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताउनुभयो । “विश्वको औसत तापमान वृद्धि १।५ डिग्रीबाट बढ्दो र समुन्द्री सतहमा पनि तापक्रममा आएको परिवर्तनका कारण विकसित हुँदै एल निनोको प्रभावले नेपाललगायत एशियाली देशमा यस वर्षको मनसुनमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ”, उहाँले भन्नुभयो, “तराईमा पुनः प्रि–मनसुन गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढी हुने सम्भावना छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>