खेलकुद

कुशल र दीपेन्द्र पनि लंका प्रिमियर लिगमा अनुबन्धित

Banner

काठमाडौं, जेठ १८-
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी पनि श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिगमा अनुबन्धित भएका छन्। सोमबार भएको अक्सनमा भुर्तेललाई कोलम्बो क्याप्स र दीपेन्द्रलाई जाफ्ना किङ्सले खरिद गरेको हो।

उनीहरु दुबैजना एसोसिएट्स क्याप विधाबाट बिक्री भएका हुन्। यो विधाको बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ । यसअघि नेपालका स्टार स्पिनर सन्दीप लामिछानेलाई जाफ्ना किङ्सले किनेको थियो। उनी २० हजार डलर (करिब ३० लाख रुपैया) मा बिक्री भएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>