राजनीति
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछः श्रममन्त्री यादव
०

काठमाडौँ, जेठ ६-
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताउनुभयो । उहाँले ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै विद्यमान कानुन र नियमावलीलाई संशोधनतर्फ पनि मन्त्रालयको ध्यान गएको स्पष्ट गर्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























