राजनीति

प्रधानन्यायाधीशमा डा. शर्माको नियुक्ति, शपथ र पदबहाली आजै

Banner

काठमाडौं, जेठ ५-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । अनुमोदनपछि उनको आजै नियुक्ति, शपथ र पदबहाली हुने भएको छ ।

प्रधानन्यायाधीशमा शर्माको नियुक्ति र शपथका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ । राष्ट्रपति कार्यालयमा साँझ ६स्१० बजेका लागि नियुक्ति र शपथको कार्यक्रम तय भएको छ ।

शर्माले आजै सर्वोच्चमा पदबहाली गर्ने कार्यक्रम रहेको जानकारी प्रवक्ता अर्जुन कोइरालाले बाह्रखरीलाई दिए । नियुक्ति र शपथपछि शर्माले ३३ औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन् ।

संवैधानिक परिषद्ले बहुमत निर्णयका आधारमा भावी प्रधानन्यायाधीशका लागि शर्माको नाम सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>