देश/प्रदेश
राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना
०

काठमाडौं,कात्तिक १९ –
राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गर्नुभएको छ ।
बिहीवार शीतलनिवासमा काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले आयोजना गरेको सम्यक महादानको निमन्त्रणा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विश्वशान्ति तथा देश र जनताको हित एवं कल्याणका लागि गरिने यस्तो कार्यको प्रशंसा गर्नुभयो । उहाँले सम्यक महादानजस्तो पुनीत कार्य आयोजना गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमको निमन्त्रणा सहर्ष स्वीकार गरेको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























