कृषि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

Banner

तुलसीपुर (दाङ), जेठ ३-

दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।

स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण चौधरीले बताउनुभयो । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताउनुभयो ।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

हाल आहाना, प्रतिकिलो रु ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उहाँहरूको योजना छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>