साहित्य

बाटोको कथा……

Banner

काठमाडौँ , वैशाख २३ –

एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो।

हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै,सामान मिलाउँदै, इन्धन भर्दै थिए।

उनी सामान्य हेलि सहयोगी जस्ता देखिन्थे। तर वास्तविकतामा उनी थिए नेपालकै प्रतिष्ठित ट्रेकिङ तथा ‘सेभेन समिट एक्स्पिडिसन’का मालिक मध्येका एक, टासी शेर्पा।

मेरो हातमा क्यामेरा देखेर हो कि के हो ? हेर्नुहोस् न हाम्रो जिन्दगी त यस्तै छ । मान्छेहरु काठमाडौं बसेर अनेक टिकाटिप्पणी गर्छन् । कति पत्रकार र कर्मचारीलाई आधार शिविरसम्म पुर्यायो ,नेपाली हो भनेर सहयोग गर्यो अनि कति नेपालीहरुलाई स्वास्थ्य समस्या हुँदा हेलिमा तल पुर्याइदियो । तर जति सहयोग गरेपनि काठमाडौं पुगेपछि हाम्रै बारे उल्टो र नकारात्मक कुरा लेख्नछन् । राज्यलाई वार्षिक रुपमा करिब १ अर्ब ५० करोड वार्षिक रुपमा कर तिर्छौ होला । तर तिरेको करको एक प्रतिशत, (१२ करोड) पनि हाम्रो हातमा बच्दैन् ।

करिब एक घण्टाको बसाइमा धेरै कुरा गर्न सम्भव थिएन। ठूलो कम्पनी भएकाले कमजोरी पनि हुन सक्छन्, आफ्नो कमजोरीलाई स्वीकार्दै एकजना वास्तविक सञ्चार विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ होला भन्ने सुझाव दिँदा दिँदै लुक्ला एयरपोर्टको लागि हेलिकप्टर तयार भयो । बिदाईमा उनको हात हल्लाई र मुस्कान दुबै सुमधुर थियो ।

दुई दिन लुक्लाको हेलिप्याडमा काठमाडौंको लागि हेलिकप्टर कुर्दा कुर्दै वितेपछि तेस्रो दिन समिट एयरको जहाजबाट काठमाडौं पुगेपनि मलाई उनी र उनको कम्पनिप्रति कुनै गुनासो गर्न मन लागेन ।

तर यसरी वास्तविक कार्यक्षेत्र मै गएर कामलाई सानो–ठूलो नभनी ,कर्मलाई धर्म मान्ने यिनको वास्तविक चरित्रले भने मोहित बनायो ।
(लेखक विष्णु घिमिरे ‘कल्पित’ नेपाली चलचित्रका वरिष्ठ छायाकार हुनुहुन्छ।)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>