साहित्य
कवि दुर्गालाल श्रेष्ठको निधन
०

काठमाडौँ, साउन ६-
नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिन भएको छ ।
उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । विसं १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गर्नुभएको थियो । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























