साहित्य

ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण

Banner

काभ्रेपलाञ्चोक, जेठ २ –

साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ नामक उपन्यास लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उपन्यास लोकार्पण गरिएको हो । उपन्यासकारद्वय प्राडा विष्णु एस राई र ध्रुव ताम्राकार, साहित्यकार सूर्य लाकोजू, समालोचक डा हरिप्रसाद सिलवाल, समालोचक ध्रुव मधिकर्मीले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।

पनौतीस्थित अक्षरमार्गद्वारा आयोजित कार्यक्रममा राईले ‘दह’ एक पठनीय कृति भएको बताउँदै पुस्तक समाजका लागि लेखिने भएकाले कथाले समाजमा घट्ने घटनालाई सजीव ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा लाकोजूले उपन्यास समाजमा भएका वास्तविक घटनामा आधारित रहेकाले पढ्दै जाँदा तपाईंहामीले देखेभोगेका विषय रहेको आभास मिल्ने बताउनुभयो । सिलवाल र मधिकर्मीले कृति सरल भएर पनि सरस र गहन भएको बताउनुभयो ।

सर्जक ताम्राकारको यसअघि ‘प्रारम्भ’ र ‘हृदयका उद्गार’ गरी दुई वटा कविता सङ्ग्रह, ‘भावनाका उत्सर्ग’ गीत सङ्ग्रह, ‘स्पन्दन’ मुक्तक सङ्ग्रह र ‘आँसुको कथा’ तथा ‘मिराज’ कथा सङ्ग्रह प्रकाशित छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>