चितवन विशेष

नियम विपरीत सवारी चलाउने चालक मुग्लिङ प्रहरीको कारबाहीमा

Banner

चितवन, वैशाख १५-

नियम विपरीत सवारी चलाउने चालकलाई प्रहरीले कडाइ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार लेन मिचेर ओभरस्पिडमा नियम विपरीत सवारी चलाउने चालक माथि कडाइ गर्न थालिएको हो ।

योसँगै आज (मंगलबार) “तहल्का ट्राभल्स एण्ड टुरिस्ट” कम्पनी अन्तर्गत सञ्चालनमा रहेको गण्डकी प्रदेश ग ०१०९ नम्बरको बसलाई कारबाही गरिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंबाट पोखरा जाने क्रममा बस नियम विपरीत लेन मिचेर ओभरस्पिडमा चलाइएको पाइएपछि कारबाही प्रक्रियाअघि बढाइएको हो।

नियमित चेकजाँच तथा गस्तीका क्रममा प्रहरीले बसलाई रोक्न खोज्दा पनि चालकले लापरवाहीपूर्ण तरिकाले चलाएपछि तत्काल नियन्त्रणमा लिइएको निरीक्षक सिंहले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>