खेलकुद
एन्फा पदाधिकारीको पासपोर्ट रोक्का
०

काठमाडौं, वैशाख १३-
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ । आर्थिक विषयको छानबिनका लागि अध्यागमन विभागबाट एन्फाका सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।
राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार छानबिन समिति गठन गरिएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























